मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा

मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा
0 0
Read Time:3 Minute, 7 Second

अर्जुनदृष्टि
बुटवल । “यसपटककाे चाडपर्वमा, कसैले बस्न नपराेस् सडकपेटीमा” भन्ने भुल भावका साथ मानवसेवा आश्रम ( मानवता प्रवर्द्धन महाअभियान) र आनी छाेइङ डाेल्मा फाउन्डेसन काे संयुक्त प्रयासमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सुभारम्भ भएकाे छ । मेचीमहाकाली उद्धार यात्रामा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गायिका आनी छाेइङ् डाेल्मा समेत यात्रीकाे रुपमा सहभागी हुनुहुन्छ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटार काठमाडौंबाट सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य ज्यूको शुभ-भावना तथा दशैंको टिका लगाई ४७ जना यात्रुहरू झापाको काकडभिट्टा तर्फ प्रस्थान गरेका थिए ।

असोज २७ गतेका दिन मेची पुलमा दिप प्रज्वलन गरि यात्रा काे समुद्घाटन गरिएको थियो । यात्रीहरु करिब ५ दिन काेशी प्रदेश केन्द्रित रहेर सहयाेगापेक्षी सडकआश्रित मानवहरुकाे उद्धार कार्यमा जुटेर त्यस क्षेत्रबाट ४३ जना सहयाेगापेक्षी सडक आश्रित मानवहरुकाे उद्धार गरिएको थियो ।

यात्राकै क्रममा यात्रीहरु मधेश प्रदेशका जिल्लाहरु, बाग्मती र गण्डकी प्रदेशका केही जिल्लाकाे सेवा पश्चात कार्तिक ७ गते रुपन्देही स्थित मानवसेवा आश्रमकाे तिलाेत्तमा सेवा केन्द्रमा आउनुहुनेछ ।

कार्तिक ८ गते रुपन्देहीको तिलाेत्तमा, सिद्धार्थनगर, लुम्बिनी र सैनामैना क्षेत्रकाे सडक अवस्था अवलाेकन तथा सहयाेगापेक्षीहरुकाे उद्धार गरि उहाँहरु संगै सहभाेज कार्यक्रम गरिने भएकोछ ।

त्यस्तै कार्तिक ९ गते बुटवल, देवदह साथै नवलपरासीका विभिन्न क्षेत्रहरुमा सडकसेवा सम्पन गरि कार्तिक १० गते यात्रीहरुलाई रूपन्देहीबाट कपिलवस्तु जिल्लाकाे सेवाकाे लागी बिदाई गरिने कार्यक्रम रहेकोछ ।

रुपन्देही , नवलपरासी र कपिलवस्तु क्षेत्रबाट उद्धार भएका सहयोगापेक्षित व्यक्तिहरुलाई मानवसेवा आश्रम रुपन्देही शाखामा राखिनेछ । ३२ दिन सम्म हुने उद्धार यात्राकाे समापन आगामी कार्तिक २८ गते काठमाडौं प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %