नेपाली लुगा घरमा २९ सयमा सिरपाउ पाईने, यी हुन छ सामाग्री, रोज्न समेत पाईने

बुटवल । बुटवल मिलनचोकमा रहेको नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एक पुरुषको लागि एक सेट सिरपाउ पाईने भएको छ। नेपाली लुगाघरले नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशै अफर ल्याएको हो ।
जस अन्तरगत एउटा पाईन्ट, शर्ट, अण्डरवियर, मोजा, जुत्ता समेत ६ आईटम उपलब्ध हुने युवा ब्यवसायी प्रकाश भुषालले जानकारी दिए।
जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन । आफुसंग धेरै ब्राण्डका परिकारहरु भएपनि स्थान अभाव र तयारी कम भएको उनले बताए ।
छोटोसमय र तयारीका कारण १ हजार उपभोक्तासम्म पुग्ने लक्ष्य रहेको उनले बताए । आम नेपाली उपभोक्तालाई लक्षित गरि अफरमा सहज र सरल पाउने गरि अफर चलाएको उनको दाबी छ । आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मद्यत मिल्ने उनले बताए ।
आगलागीबाट भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टले अस्थाई टेन्टमा नै नेपाली लुगा घर शुरु गरेको छ । ‘उद्योगदेखि शरिरसम्म’ नारा सहित दशै विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो ।’— उनले भने ।
नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरि आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको संचालक बाबुराम बन्जाडेले बताए । ठुलो क्षति ब्यहोर्नुअघि एक वर्षको अवधिमा नेपाली उद्योगका लुगाका करिब १ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए ।
लेखकको सम्वन्धमा