पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने
0 0
Read Time:59 Second

बुटवल । आज आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि सामान्यतया मौसम सफा रहने जनाएको छ ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %