राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक ३, २०८०
- 63 Shares
-

बुटवल । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए ।
प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केहि वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केहि वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथा अवस्थामा विक्रि वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।
सरकारका गृह मन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताए । शुक्रवार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए ।
स्थानीयको जनजीविका सहज गराउ र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाई छ ।
तीन वर्ष अघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्रि वितरण र खण्डीकरणमा रोक लगाएको थियो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा