माईक्रोटेक दशै तिहार मेला : सेवा र सामाग्रीमा २५ प्रतिशत सम्म नगद छुट

Read Time:1 Minute, 5 Second
बुटवल । बुटवल ६ मैत्रीपथमा रहेको माईक्रोटेक कम्प्युटर सप्लायर्सले दशै तिहारको समयमा माईक्रोटेक दशै तिहार मेला सञ्चालन गरिरहेको छ। सप्लायर्सले पत्रकार सम्मेलन गरि छुटसहितको मेलाको बारेमा जानकारी गराएको हो।
माईक्रोटेक कम्प्युटर सप्लायर्सका सञ्चालक सुरेश भट्टराईले असोज १५ गतेदेखी नै मेला सञ्चालन गरेको जानकारी दिए।
उनले न्युनतम ५% देखि २५% सम्म छुट तथा जुनसुकै ल्यापटप खरिदमा ५% छुट सहित आकर्षक गिफ्ट ह्याम्पर समेतको स्किम रहेको बताउदै मौकाको फाईदा उठाउन आग्रह गरे।
उनले सिसिटिभी जडानमा कम्पनीको मुल्यमा २५ % छुट सहित निशुल्क जडानको ब्यवस्थापन गरेको बताउदै सवै पार्ट्समा १०% देखि २५% सम्म छुट रहेको बताए।
लेखकको सम्वन्धमा