नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते
0 0
Read Time:1 Minute, 24 Second

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा आगामि कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पत्रकारहरुलाई पेशागत मर्यादा कायम गर्न तथा पत्रकार आचारसहिंताको पालना गर्न अपिल गरेको छ । निर्वाचनमा पत्रकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउँदै पेशागत मर्यादा र गरिमा उचो बनाउने गरि काम गर्न बैठकले अपिल गरेको सचिव विनोद परियारले बताए ।
बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, शेर बहादुर केसी, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई र इन्दिरा अर्यालको उपस्थिती थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %