बुटवल पब्लिक स्कूलको १५ औं स्मारिका ‘द एक्सप्रेसन’ विमोचन

बुटवल पब्लिक स्कूलको १५ औं स्मारिका ‘द एक्सप्रेसन’ विमोचन
0 0
Read Time:1 Minute, 57 Second

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित बुटवल पब्लिक स्कूलले १५ औं संस्करणको स्मारिक विमोचन गरेको छ । मंगलबार बुटवल पब्लिक स्कूलको प्रांगणमा आयोजित एक समारोहबीच १५ औं संस्करणको ‘अभिव्यक्ति’ (द एक्सप्रेसन) स्मारिक विमोचन गरिएको हो । स्मारिक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल पब्लिक स्कूलका सल्लाहकार एवं समाजसेवी जंगबहादुर शाहले यो जिल्लाकै उत्कृष्ट विद्यालय बन्दै गएको बताए । हरेक वषै यसरी स्मारिका प्रकाशन प्रशंसनीय कायम भएको बताए । साथै उनले विद्यालयका प्रधानाध्यापकले अहिले पनि युवाहरुले जस्तै जोस् जाँगरका साथ काम गरिरहेको भन्दै प्रशंसा गरे ।
यस्तै, तिलोत्तमा–३ का वडा अध्यक्ष कल्याण पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यो विद्यालयको ठूलो योगदान रहेको बताए । उनले विद्यार्थीहरुलाई झोलाको बोझ रहित माध्यममा बढाउने गरी विद्यालयले बनाएको ब्याग लेस स्कूलिङलाई अघि सार्दै गएकोमा बधाई समेत दिए ।
उक्त कार्यक्रमा विद्यालयका संस्थाकि अध्यक्ष हेमलाल शर्माले सबैको साथ र सहयोगले विद्यालयको प्रगति भईरहेको बताए । उनले स्मारिका प्रकाशन विद्यालयको कार्यक्रम अन्तष्गत समावेश गरी १५ औं संस्करणसम्म निकाल्ने प्रयासमा सबैको सहयोग रहेको भन्दै धन्यवाद दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %