चर्चाका समाचारहरु

रुपन्देहीका पत्रकारसंग मिडिया संबेदनसिलता कार्यशाला

रुपन्देहीका पत्रकारसंग मिडिया संबेदनसिलता कार्यशाला
0 0
Read Time:2 Minute, 45 Second

बुटवल । रुपन्देहीका पत्रकारहरुसंग मिडिया संबेदनसिलता कार्यशाला गरिएको छ। भैरहवामा आयोजित कार्यशालामा प्रमुख राजनीतिक दलहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागिता एवं उनीहरुका उपस्थिति अवस्थाको बारेमा कार्यशालामा छलफल गरिएको हो।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको एकलाई साहारा दिने बृक्ष आयोजनाको आयोजनामा आयोजित कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सुमन नेपालले मुख्य सात राजनीतिक दलहरुले यो समुदायका व्यक्तिहरुलाई सहभागिता जनाउने गरी विधान एवं घोषणापत्रहरु नबनाएको तथ्यांक प्रस्तुत गरेका थिए। कुनै कुनै सामान्य विषयमा राजनीतिक दलहरुले पनि मुख्य सात दलहरु नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनता समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी र विवेकशील साझा पार्टीले समाजको बारेमा कुनै पनि कुराहरु मुख्य प्राथमिकताकासाथ नराखेको तथ्यांक प्रस्तुत गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमुक्ति पार्टीले आफ्नो विधान एवं घोषणापत्रहरुमा यो समुदायका कुराहरु उल्लेख गर्दै नेपालले मिडियाको माध्यमबाट सामाजिक न्याय को हक एवं संविधानत: प्राप्त अधिकार प्राप्त गर्न वकालत त गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै एकलाई साहारा दिने बृक्ष आयोजनाका कार्यालय प्रमुख मनिला न्यौपानेले देशको नीति निर्माण गर्ने क्षेत्रमा पुग्ने पहिलो बाटो नै बन्द गरिदिदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुसधै पछाडी परेको बताईन। कार्यक्रममा रेशम न्यौपाने, बिनोद बिश्वकर्मा लगायतले बोलेका थिए। कार्यक्रममा निलहिरा समाज, राष्ट्रिय प्रजातान्त्रिक सस्था र युएसएआईडिको सहयोग रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %