लुम्बिनीको घोषणा पत्रमा नबस्ने ई रन्जन काफ्लेको घोषणा

बुटवल । ई रन्जन काफ्लेले नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन – २०७९ का लागि लुम्बिनी प्रदेश घोषणापत्र तयारी समितिको सदस्यका रुपमा गरेको सिफारिस गरेपनी आफू समितिमा नबस्ने बताएका छन। काफ्लेले सार्वजनिक विज्ञप्ति जारी गएदै घोषणापत्र समितिको सदस्य नरहने घोषणा गरेका हुन
समितिको सदस्यका रुपमा मनोनयन गरेकोमा प्रदेश कार्यसमितिलाई धन्यवाद दिदै काफ्लेले समितिमा नबस्ने उल्लेख गरेका हुन। उनले भनेका छन- “अघिल्ला निर्वाचनहरुको घोषणा पत्र तयारी एवम लुम्बिनी प्रदेश कार्यसमितिको कार्ययोजना समितिको सदस्य सचिवका रुपमा योजना प्रस्ताव निर्माणमा समेत कार्य गर्ने अवसर प्राप्त भएको स्थितीमा कार्यक्रमहरुको कार्यन्वयन गर्ने तर्फ सम्बन्धित नेतृत्वको अग्रसरता नदेखिएको हुँदा यथावस्थामा यस समितिमा रहिरहनुपर्ने आवश्यकता देखिन नआएकोले उक्त समितिको सदस्य रहन असमर्थ रहेको बिषय समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछु।”
काफ्ले रुपन्देही २ (ख) मा प्रत्यक्ष तर्फ प्रदेशसभामा सिफारिस भएका छन।
लेखकको सम्वन्धमा