मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ

मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
0 0
Read Time:3 Minute, 0 Second

काठमाडौं । पछिल्ला दिन देशका धेरै भूभागमा पानी परेको छ । शनिबार (असार २७) पनि काठमाडौंसहित देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही स्थानमा यति बेला (शनिबार बेलुका ६ः१५) पनि पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

“हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभागनजिक रहेको छ,” विभागले भनेको छ ।

आइतबार र सोमबार (असार २८–२९) कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा ‘भारी’देखि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ,” विभागले भनेको छ ।

मनसुन सक्रिय भई भारीदेखि ‘अति भारी’ वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोजस्ता विपद्को जोखिम हुनसक्छ । आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ,” विभागले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %