कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ युवा व्यवसायी सन्तोष कंडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
गुल्मीमा आगामी असोज १२ गते क्षेत्रीय अधिवेशन हुँदैछ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले कंडेलले युवा क्लस्टरतर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
कंडेलले २०७१ सालमा लुम्बिनी बाणिज्य क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय उनी लायन्स क्लब अफ लुम्बिनी सिटीका चार्टर प्रेसिडेन्टका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।
त्यस्तै,रोटर्र्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका असिस्टेन्ट डिस्ट्रीक्स्ट ट्रेजरर तथा बुटवल जेसीजका सदस्यसमेत रहेका कंडेल होटल, कन्स्ट्रक्सन, ट्राभल तथा इभेन्ट म्यानेजमेन्टलगायतका व्यवसायमा सक्रिय छन्।
उनी रुपन्देही होटल रेस्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका सदस्य हुन।
युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्व विकास आवश्यक रहेको बताउँदै कंडेलले कांग्रेस संगठनलाई थप सुदृढ बनाउन आफ्नो अनुभव, ऊर्जा र क्षमतालाई पार्टीमा प्रयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
गुल्मीमा क्षेत्रीय अधिवेशन नजिकिएसँगै विभिन्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

लेखकको सम्वन्धमा