चर्चाका समाचारहरु

रुपन्देहीमा बिपद पत्रकारिता तालिम शुरु

रुपन्देहीमा बिपद पत्रकारिता तालिम शुरु
0 0
Read Time:2 Minute, 39 Second

बुटवल । बिपदको समयमा सञ्चार माध्यम र पत्रकारले गर्ने रिपोर्टिङमा अझै निखारता ल्याउनको लागि रुपन्देहीमा २ दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ। आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको आयोजनामा शुक्रवारबाट लुम्बिनी प्रदेशका पत्रकारहरूलाई रुपन्देहीको तिलोत्तमामा तालिम प्रदान शुरु गरिएको हो।
तालिमको शुभारम्भ गर्दै आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्र संबेदनसिल रहेको बताउदै बिपदको समयमा समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। उनले सहि सुचना प्रदान नगरेमा दुर्घटना नित्मत सक्ने बताउदै उनले सत्यतथ्य खोज्दै ध्यानआकर्षण गर्दै सम्बन्धि ठाउँमा पुर्याउन आग्रह गरे।उनले लुम्बिनी प्रदेश सरकारले बिपत ब्यवस्थापनको क्षेत्रमा राम्रा कामहरु गरेको बताए।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले सत्य र तथ्य सुचना सम्प्रेषण गर्नु पत्रकारको धर्म भएको बताउदै बिपदको बेलामा ठूलो भुमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा मन्त्रालयका सहसचिव दामोदर भण्डारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का,युनिसेफका प्रतिनिधि शंकर पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिह बिक लगायतले बिपदमा सञ्चारकर्मीको भुमिका र गरिने पत्रकारिताको भुमिकाको बारेमा बोलेका थिए।
तालिमको समन्वय युएनडिपी,युनिसेफ,युएनवुमेन र रेडक्रस सोसाइटीले गरेका हुन। तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ। तालिममा पत्रकार रुपेश श्रेष्ठ,मौसमबिद बिष्णु घिमिरे,प्रकाश ज्ञवाली लगायतले प्रशिक्षण दिनेछन। तालिम असोज १ गते शनिबार समापन हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %