रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २८, २०७९
- 284 Shares
-
भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले भदौ २३ गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।
प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं । ’
उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए । अध्यक्ष यादवले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा