क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन जारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई विभिन्न जिल्लाबाट जारी राखेका छन् ।
मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए । उनले अन्य जिल्लाका पनि अनुगमन पुग्ने मुख्यमन्त्रीको योजना रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
अनुगमनका क्रममा बाँकेकामा आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए । कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेको बताए । उनले जेनजी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ ।
जेनजी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए ।

लेखकको सम्वन्धमा