दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)

दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)
0 0
Read Time:3 Minute, 7 Second

बुटवल । सिट क्षमताभन्दा निकै कम यात्रु बोकेर हिँड्ने गरेका सवारी साधन दशैँ लागिसकेसँगै पुरा सेट क्षमतामा हिँड्न थालेका छन्।

बुटवल बसपार्कबाट अन्य समयमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन अधिकांश खाली जस्तै देखिन्थे । दशैं सुरु भएलगत्तै बुटवलको बसपार्क चहलपहलले भरिएको छ।
घटस्थापनाको दिनमै घर फर्किने यात्रुहरुको भीड बाक्लिँदै गएको छ। बिहानैदेखि नै बसपार्क वरिपरिको वातावरण यात्रु र झोलासहितका मानिसले चहलपहल देखिएक्क हो।

बुटवलबाट गुल्मी तम्घास लिएर हिडेका बस चालक रबिन मगरले दशैं लागिसकेसँगै यात्रुको सङ्ख्या बढी पाएको बताए। उनले बढीमा १० देखि १५ जना यात्रु लिएर हिँडेकोमा आज पूरा सिट क्षमता अनुसार यात्रु पाएको उल्लेख गरे।

पश्चिम नेपाल बस व्यवसायी समितिको टिकट काउन्टरमा कार्यरत कर्मचारी अर्जुन कार्कीका अनुसार, आज बुटवलबाट गाउँतर्फ छुट्ने अधिकांश बस, जीप र विद्युतीय सवारीसाधन सिट फुल भएका छन्।

दशैं मनाउन मात्र होइन, व्यापार, पढाइ वा रोजगारीका क्रममा बाहिर रहेका मानिसहरु घर फर्कन थालेपछि राजधानी काठमाडौंसहित देशका अन्य शहरबाट बुटवल आउने यात्रुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। लामो दुरीका बसपार्क र छोटो दुरीका सार्वजनिक यातायात सबैजसो यात्रुले भरिएका छन्।

रुपन्देही जिल्ला मात्र नभई लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु— गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान र दाङ—का नागरिकहरु धेरै संख्यामा बुटवलमा बसोबास गर्दै आएका छन्। दशैंमा घर फर्किने बेला भएकाले यी जिल्लातर्फ जाने यात्रीको संख्याले बसपार्कमा अझै बढी भीड देखिएको हो।

यात्रुको संख्या बढेसँगै सवारी चाप पनि बढेको छ। सिद्धार्थ राजमार्ग, भालुबाङ–बुटवल सडक खण्ड, नवलपरासी हुँदै जाने राजमार्गमा लामो दूरीका बस, जीप र निजी सवारीसाधनको बाक्लो आवागमन भइरहेको छ।

दशैं नजिकिँदै जाँदा यात्रुको भीड अझै बढ्ने अनुमान गरिएको छ। विशेषगरी असोज १० गतेपछिका दिनहरूमा टिकट अभाव र यात्रु चाप अझ बढी हुने पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %