कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो
0 0
Read Time:2 Minute, 35 Second

कपिलवस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार कपिलवस्तुमा धुमधामका साथ मनाइएको छ।

सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महाराजगञ्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले झण्डा र्याली, धार्मिक सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै जन्मजयन्ती मनाएका हुन्।

धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म सउदी अरबको मक्कामा बिबी अमिनाको कोखबाट भएको थियो। ईस्लाम धर्मका अन्तिम सन्देशवाहकसमेत रहेका उहाँले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको परिक्रमा गर्दै बाँजागाँज, नयाँटोल, गौढीचोक, भवानीभिक्षुचोक हुँदै झण्डा र्याली निकालिएको थियो। र्यालीमा मुस्लिम समुदायका सबै उमेर समूहका मानिसहरूको सहभागिता थियो। सहभागीहरूले हरियो र इस्लामिक झण्डा सहित नेपाल सरकारको राष्ट्रिय झण्डा बोकेर सद्भावसहित प्रदर्शन गरेका थिए।

धर्मगुरुहरूले मोहम्मद डे को दिन प्रत्येक मुस्लिम परिवारले घर–घरमा हरियो झण्डा राख्ने चलन रहेको बताए। साथै यस दिन गरिब तथा असहायलाई खाना खुवाउने र सहयोग गर्ने परम्परा मोहम्मद मुस्ताफाको शिक्षासँग सम्बन्धित रहेको उनीहरूले उल्लेख गरे।

कार्यक्रमअन्तर्गत कपिलवस्तु नगरपालिका–२ स्थित बुद्ध पदम खेल मैदानबाट सुरु भएको र्याली नयाँटोल हुँदै गौढीचोक पुगेपछि जिल्ला प्रशासन कार्यालयमा समापन गरिएको थियो।

कपिलवस्तु जिल्ला मुस्लिम समुदायको दोस्रो बहुलता भएको जिल्ला मानिन्छ। यसै कारण यहाँको सदरमुकाम तौलिहवासहित विभिन्न क्षेत्रमा मोहम्मद डे विशेष उत्साह र श्रद्धाका साथ मनाइने गरिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %