मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन
बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको अस्तव्यस्त सडकको कारणले निद्रा नलागेको बताएका छ।राजमार्ग चौराहा देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक निर्माणमा निकै सक्रियताका साथ लागेका पाण्डेयले निराशाजनक स्ट्याटस राखेका हुन। उनले सडक यथाशीघ्र सम्पन्न गराउनको लागि सडक कार्यालय र निर्माण व्यवसायी सँग गरेको सम्झौता(माईन्युट)को समय सकिएको बताउँदै सडक विभाग , सडक कार्यालय र निर्माण ब्यबसायिमा बोलीको विश्वास नरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन् – “बाटोका कारणले नीद लागेन, सडक विभाग , सडक कार्यालय,र निर्माण ब्यबसायिमा बोलीको विश्वास रहेनछ,माईन्युट गरेको समय पनि सकियो।”
उनको यो स्ट्याटसमा समाचार तयार पार्दासम्म १९७ लाईक,५७ कमेन्ट र १ शेयर छ। उनको यो स्ट्याटसमा प्रतिक्रिया दिनेले नगरप्रमुख र उपमहानगरको प्रयासको प्रशंसा गरेका छन्।
उनकै स्ट्याटसमा बुटवल ११ अध्यक्ष रामचन्द्र खनाल क्षेत्री लेख्छन् “वाक्क दिक्क प्याक्क भई सकियो , निर्वाचनमा कस्लाई जिताउने र कसलाई हराउने भूमिका पनि यिनीहरू मै छ । अझ ठेकेदार त हाम्रा प्रभु नै हुन , यिनलाई गाली गरेर हुन्न बरु पूजा गर्नु पर्ने हो कि झैँ भो ।”
व्यवसायी महेन्द्र प्रसाद चापागाईँ उपाध्याय लेख्छन् ” एक पटक इशारा गर्नुस् हामी ई लुटेरा हरू को ढेंगरो ठोक्न तयार छौ निद्रा बिगारेर आफ्नो स्वास्थ्य नबिगार्नु होस बुटवल बासी लाई एक पटक आव्हान त गर्नुस् इनलाई तह लगाउने छन अति भो ।”


लेखकको सम्वन्धमा