तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए
कपिलवस्तु । कपिलवस्तु ट्राफिक सवारी जाँचमा कडाइ दाबी गरिरहे पनि कपिलवस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ,सवारी दुर्घटनामा परेर ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८१÷८२ तथ्याङ्क अनुसार तिन महिनामा ८ जनाले दुर्घटनाबाट आफ्नो ज्यान गुमाएको ट्राफिक कार्यालय गोरुसिङ्गे जनाएको छ ।
आर्थिक वर्षको तिन महिनाको तथ्याङ्क हेर्दा ४६ वटा दुर्घटना भएको छ , त्यसमध्ये ८ जनाले आफ्नो ज्यान गुमाएको ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक पंकज चुदालीले बताए। सबैभन्दा बढी दुई पाङरे ( मोटर साइकल ) बाट ७ जनाले आफ्नो ज्यान गुमाएको प्रमुख चुदालीले बताएको छन् ।
दुर्घटनामा सबैभन्दा बढी ज्यान गुमाएको मायाँदेबी गाउँपालिका पकडी क्षेत्रबाट २ जनाले मोटरसाइकलबाट ज्यान गुमाएको छन् । दुर्घटना बढी भित्री सडक बढी भएको दुर्घटनाको प्रमुख कारण चालको लापरवही , मादक पदार्थहरू सेवन गरेर गाडी चलाउने तीव्र गतिमा गाडी चलाउने पैदल यात्रीहरूमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको बताए ।

लेखकको सम्वन्धमा