कपिलवस्तु अस्पतालमा डाक्टर नभएपछि उपचारमा सास्ती

कपिलवस्तु अस्पतालमा डाक्टर नभएपछि  उपचारमा सास्ती
0 0
Read Time:2 Minute, 53 Second

कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा डाक्टर नभएपछि सर्वसाधारणहरूलाई उपचार गराउन सास्ती भएको छ । कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका सर्वसाधारणहरूको बिहान ९ बजेदेखि लाइनमा बासेको छन् तर डाक्टर नआएपछि उनीहरूलाई उपचार गराउन निक्कै समस्या भएको सर्वसाधारणहरू बताँउछन

विगत दुई महिनादेखि कपिलवस्तु अस्पताल राजनीतिको आखडां बन्दै गएको छ ,दुई महिनामा तिन चोटि कपिलवस्तु अस्पतालमा सुपरिटेन्डेन्ट किशोर बन्जाडेको सरुवा भइसकेको छ । अस्पताल अहिले राजनीतिक अखाडा बन्दै गएको छ गर्दा यसको प्रत्येक असर अस्पतालमा उपचार गराउन आउने बिरामीमा परेको छ , अहिले कपिलवस्तु अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जसमा ४ जना मात्रै विशेषज्ञ चिकित्सक उपलब्ध रहेको छ भने ८ जना चिकित्सक डाक्टर दरबन्दी मात्रै ५जना मात्रै चिकित्सक उपलब्ध भएको जानकारी अस्पताल प्रशासनले जनाएको छ ।

बिहान ९ बजेदेखि अस्पतालमा उपचार गराउन आएको दर डाक्टर नआएपछि उपचार गराउन निकै समस्या उपचार गराउन आएको महिलाले बताइन
बिहान ९ बजेदेखि अस्पतालको राशीद कटाएर बसिरहेको छु तर अस्पतालमा डाक्टर नआएपछि निकै समस्या भएको यशोधरा गाउँपालिका वडा २ भडेयार का अब्दुल मुसलमानले बताउनु भएको छ ।

अस्पतालमा बिरामी चाप बढ्दै गएको डाक्टरहरू छैन महिनामा दुई चोटि कार्यालय प्रमुखको सरुवा भइरहेको छ तिन महिनामा तिन पटक कार्यालय प्रमुखको सरुवा भएको अस्पतालको सूचना अधिकारी रात्कर शुक्लले बताएको छन् ।

अहिले कपिलवस्तु अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जसमा ४ जना मात्रै विशेषज्ञ चिकित्सक उपलब्ध रहेको छ भने ८ जना चिकित्सक डाक्टर दरबन्दी मात्रै ५जना मात्रै चिकित्सक उपलब्ध भएको जानकारी शुक्लले दिनु भएको छ , कपिलवस्तु अस्पतालमा अहिले राडियोलोजिष्ट , छाला रोग विशेषज्ञ , नाक कान घटी प्याथालोजिष्ट डाक्टर विशेषज्ञ डाक्टर नभएपछि हामीलाई समस्या भएको जानकारी दिए ।

तिन महिनादेखि अस्पतालका कर्मचारीहरू तलब पनि नखान नपाएको बताएको छन्

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %