प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने एमालेको निर्णय
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १, २०८१
- 38 Shares
-

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा दलको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गर्ने निर्णय गरेको उनको भनाइ छ ।
बैठकले सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने र जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको उनले बताए ।
यस्तै बैठकले विधान संशोधन उपसमिति गठन पनि गरेको छ ।उपसमितिको संयोजकमा श्रेष्ठ नै रहेका छन् । यसैगरी प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य रहेका छन् ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावहरूलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताए । उनले योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गरिने भएकाले यस विषयमा प्रदेश सभा सदस्यहरूले समेत सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा