लुम्बिनी प्रदेशमा कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

लुम्बिनी प्रदेशमा  कांग्रेस सचेतक गिरीद्वारा राजीनामा
0 0
Read Time:45 Second

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् ।

राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन् ।

गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %