चर्चाका समाचारहरु

धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ

धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ
0 0
Read Time:1 Minute, 56 Second

कपिलबस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह अलैहसल्लाम १४९९ औ जन्मदिन (मोहम्मद डे) धुमधामको साथमा देशभर मनाईएको छ । पैगम्बर मोहम्मद जन्म सउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट भएको थियो । उहाँनै ईश्लामको धर्मको मुख्य प्रचार हो, उहाँको निधन ६३ बर्षमा मदिनामा भएको थियो , आजको दिन उहाँको निधन भएको थियो ।

कपिलबस्तुमा पनि १४९९ औ मोहम्मद डे मनाईएको छ । कपिलबस्तुको सदरमुकाम तौलिहवा , चन्द्रौटा , चाकरचौडा र महराजगंजका जन्मजयन्ती मनाइएको छ । कपिलबस्तु जिल्ला मु्स्लिम समुदायको दोस्रो बहुल्यता भएको जिल्ला भएको कारण धुमधामको साथमा मनाईरहेका हुन् ।

सदरमुकाम तौलिहवामा बाँजागाँज हरियो झण्डासहित तौलिहवाको नयाँटोल , गौढी चोक , भबनी भिक्षु चोक जिल्ला प्रशासन हुदै परिक्रामा गरेको छन् ।
आजको दिन मुस्लिमहरुको प्रत्येक घरमा हरियो झण्डा रखेको चलन रहेको धर्मगुरुहरुले बताँउछन् । मुस्लिमधर्महरुको मुख्य प्रचार रहेका धर्मगुरु अनुसार आजको हरियो झण्डा निकालने चलन रहेको गरिबहरुलाई खाना खुवाउने र असहयहरुको मदत गर्न मोहम्मद अलैवसल्लामले बताएको धर्मगुरुहरुले बताँउछन् ।

यता १४९९ औ मोहम्मद डेको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा नदिएको भन्दै मुस्लीम समुदायले आपत्ति जनाएका छन् । यद्यपी कपिलबस्तु र बाँकेका केही पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %