लायन्स बुटवल सुभारम्भद्वारा सुगर स्क्रिनिङ, स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण

लायन्स बुटवल सुभारम्भद्वारा सुगर स्क्रिनिङ, स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण
0 0
Read Time:1 Minute, 36 Second

बुटवल । रुपन्देहीको ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ योगीकुटीमा सुगर स्क्रिनिङ, स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण गरिएको छ ।
लायन्स क्लब अफ शुभरम्भले नेपाल स्ट्रोक एशोसिएशन, नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा परिक्षण गरिएको लायन्स क्लब अफ बुटवल सुभारम्भाका अध्यक्ष प्रा डा महेशराज घिमिरेले जानकारी दिए । कार्यक्रमबाट ७० वर्ष भन्दा माथिका १०० जना बिरामी लाभान्वित भएका छन् ।

सबै मिलेर सचेतना जगाउने, समुदायका मानिसहरूलाई सशक्त बनाउने र अन्ततः नेपालीहरूको जीवन रक्षा गर्ने दिशामा काम गरिरहेको क्लवका अध्यक्ष घिमिरेले जानकारी दिए । सो अवसरमा स्ट्रोक सचेतना संगै मधुमेह जाँच र स्वास्थ्य परीक्षण गरिएको थियो ।

लायन गोकणर् गौतमको संयोजनमा भएको कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पाण्डे, बलराम भट्टराई, अनिल प्रसाद श्रेष्ठ, डा. जयराज शर्मा, लायन आशिष पोखरेल, नवीन कुमार अग्रवाल लगायतले बोलेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %