एभरेष्टमा हाजिरीजवाफ प्रतियोगिता
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ११, २०८०
- 112 Shares
-
बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ स्कुलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विज्ञान संकाय कक्षा ११ र १२ का ४ वटा सदनको सहभागिता रहेको थियो । विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्य उमेश रेग्मी र विज्ञान संकाय संयोजक डा. शालिकराम भण्डारीको आतिथ्यमा भएको प्रतियोगिताको संयोजन तीर्थराज अर्यालले गर्नु भएको थियो । विद्यार्थी अदिती अधिकारी र स्नेहा गौतमको संचालनमा भएको प्रतियोगितामा सगरमाथा हाउस प्रथम र अन्नपूर्ण हाउसले द्वितीय स्थान हासिल गरे । विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीहरुको सर्वाङ्गीण विकासकालागि विद्यालय अहोरात्र लागिपरेको र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । सहप्राचार्य भीमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी र विज्ञान संयोजक शालिकराम भण्डारी लगायतका वक्ताहरुले विजयी प्रतियोगी विद्यार्थीहरुलाई बधाई दिदै निरन्तर सहभागिताको कामना गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा