एभरेष्टमा हाजिरीजवाफ प्रतियोगिता
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ११, २०८०
- 43 Shares
-

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ स्कुलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विज्ञान संकाय कक्षा ११ र १२ का ४ वटा सदनको सहभागिता रहेको थियो । विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्य उमेश रेग्मी र विज्ञान संकाय संयोजक डा. शालिकराम भण्डारीको आतिथ्यमा भएको प्रतियोगिताको संयोजन तीर्थराज अर्यालले गर्नु भएको थियो । विद्यार्थी अदिती अधिकारी र स्नेहा गौतमको संचालनमा भएको प्रतियोगितामा सगरमाथा हाउस प्रथम र अन्नपूर्ण हाउसले द्वितीय स्थान हासिल गरे । विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीहरुको सर्वाङ्गीण विकासकालागि विद्यालय अहोरात्र लागिपरेको र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । सहप्राचार्य भीमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी र विज्ञान संयोजक शालिकराम भण्डारी लगायतका वक्ताहरुले विजयी प्रतियोगी विद्यार्थीहरुलाई बधाई दिदै निरन्तर सहभागिताको कामना गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा