विजय अर्यालको न्यानो साथ सार्वजनिक

Read Time:59 Second
काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत न्यानो साथ सार्वजनिक गरिएको छ । अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।
विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा उनैले वेनिशासंग मिलेर आवाज दिएका हुन् । गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।
लेखकको सम्वन्धमा