राष्ट्रिय कार्य योजना सम्बन्धी बुटवलमा छलफल

बुटवल । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय काययोजाना सम्बन्धी छलफल तथा अभिमुखीकरण बुटवलमा सम्पन्न भएको छ।
मानव अधिकारको लागि महिला एकल महिला समूह, रुपन्देहीको आयोजनामा तथा क्रुवे वुस्ट्रोको आर्थिक सहयोगमा अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले महिलाहरू तथा एकल महिलाहरूको क्षमता विकास लगायतका कुरामा सरकारले विशेष चासो दिनुपर्ने बताउँदै बुटवलले बजेट मै छुट्टाएर काम गरेको बताए।
कार्यक्रममा महिला अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले प्रस्ताव नं १३२५ र १८२० विषयमा र द्वन्द्व पीडित, बालबालिका ,एकल महिला र न्याय सम्बन्धी विषयको बारेमा जानकारी गराएकी थिइन।
मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको अध्यक्ष राधिका श्रेष्ठ ज्यू अध्यक्षता तथा सचिव रिता सेनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
लेखकको सम्वन्धमा