एभरेष्टमा तीज गीत प्रतियोगिता सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- भदौ ३०, २०८०
- 465 Shares
-
बुटवल। बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट माविमा नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको सु–अवसरमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता ५ चरणमा सम्पन्न भएको छ । जसअन्र्तगत कक्षा ४ र ५ को समूहबाट रेड हाउस प्रथम, ब्लु हाउस द्वितीय, कक्षा ६, ७ र ८ को समूहबाट ब्लु हाउस प्रथम, एल्लो हाउस द्वितीय र कक्षा ९ र १० को समूहबाट रेड हाउस प्रथम, एल्लो हाउस ले द्वितीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी कक्षा ११ र १२ को व्यवस्थापन समूहतर्फ अन्नपूर्ण हाउस प्रथम, धवलागिरि हाउस द्वितीय र विज्ञान समूहतर्फ सगरमाथा हाउस प्रथम तथा अन्नपूर्ण हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् । विद्यालयका सह–प्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप–प्राचार्य उमेश रेग्मीको स्वागत मन्तव्य तथा उप–प्राचार्य एवम् तहगत संयोजकहरुको आतिथ्यमा सम्पन्न कार्यक्रममा विजयी समूहलाई प्राचार्य न्यौपानेले तीजको शुभकामना दिनुहँुदै विद्यालयले आयोजन गर्ने सबै कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । शिक्षक बालकृष्ण पाण्डे, नृत्य शिक्षक मदन नेपाली, र सृष्टि सिर्पालीको निर्णायाकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निमावि तह संयोजक सरस्वती पाण्डेय तथा विद्यार्थीद्वय विदुषी गौतम र विधाता थापाले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा