क्यान रुपन्देहीले व्यवसायीलाई भन्यो – चाडपर्वमा पनि सेवा दिनुस

बुटवल । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)रूपन्देहीले चाडपर्वको समयमा पनि सेवा प्रदान गर्न ब्यवसायीहरुलाइ परिपत्र गरेको छ।
महान पर्वहरु हरितालिका तिज, बडा दशैं र तिहार ( शुभ दिपावली) – २०८० को पूर्वसन्ध्यामा आम उपभोक्ताहरुको सहजतालाई मध्यनजर गर्दै २०८० भाद्र ३० गते शनिवार देखि २०८० कार्तिक २५ गते शनिवार ( कागतिहार) सम्म इच्छुक सबै व्यवसायी हरुले शनिवार पनि यथावत रुपमा व्यवसाय संचालन गरि सेवा प्रदान गर्न परिपत्र गरिएको क्यान रुपन्देही सचिव सुरेशचन्द्र भट्टराईले जानकारी दिए।
साथै २०८० कार्तिक २५ गरे पश्चात विगतमा जस्तै रुपन्देही जिल्ला भर सवै कम्प्युटर / सुचना प्रविधि व्यावसायमा संलग्न व्यावसायिक प्रतिष्ठानहरु साताको एक दिन प्रत्येक शनिवार बन्द गरि व्यवसायिक एकरुपता कायम गर्ने कार्यमा सहयोग गर्न अपिल गरिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले जानकारी दिए।
लेखकको सम्वन्धमा