बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २९, २०८०
- 66 Shares
-

बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्।
शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्।
पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्ने बताए।
‘घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो हो, घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो हुँदैन-उनले भने-केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको छ, घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ पनि हामी सचेत हुनुपर्दछ।’
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्ने बताइन्।
कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा