इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २८, २०८०
- 338 Shares
-
बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन् ।
स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित भुवनसिंह मार्गको डेढ किलोमिटर र पुर्व देवसिद्दनगरको एक किलोमिटर सडकमा सरसफाइ गरिएको थियो ।
वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरूप यो कार्यक्रम गरिएको बाल क्लबकी अध्यक्ष नेहा भारीले जानकारी दिइन।
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरूले सडक वरपरका घरहरूका मानिसहरूलाई वातावरण प्रदूषित नगर्न र प्लास्टिक जन्य फोहोरहरूलाई जथाभाबी नफाल्न समेत अनुरोध गरेका थिए ।
स्कुलको बाल क्लबद्वारा बिहीबार बिहान सञ्चालन गरिएको कार्यक्रम बाल दिवसका अवसरमा गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुरज बि क ले जानकारी दिएको थिए ।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा