दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?

दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?
1 0
Read Time:13 Minute, 14 Second

दाँतको समस्या एउटा मात्र हुदैन , अनेकौं समस्या हुन्छन् । कसैको दाँत उछिटिएको हुन्छ, कसैको दाँत खिया लागेको हुन्छ, कसैको दाँत भाँचिएको हुन्छ, कसैको दाँत कीराले खाएको हुन्छ, कसैको दाँत फुक्लिएको हुन्छ । यी सबै समस्याको उपचार गर्न कति खर्च लाग्छ ? जिज्ञासा उठ्नु स्वाभाविक हो । हुन त अस्पताल वा क्लिनिक, त्यहाँको सेवा सुविधा आदिलाई हेरेर यसको खर्च फरक पर्न सक्छ । यद्यपि हामीले यहाँ ती सबैको औसत खर्च तय गरेका छौं । हालचालै रोटरी क्लब अफ लुम्बिनी स्टार सङको आयोजना र प्राबिधिक सहयोगमा एक लाख बच्चालाइ नि शुल्क मुख स्वास्थ्य कार्यक्रम महा अभियानका अभियान्ता तथा आधुनिक समाज डेन्टल बुटवलका अध्यक्ष अमृत भुसाल(पीयूष) सङको कुराकानिको आधारमा तयार परिएको छ ।

दाँतको एक्सरे

डेन्टल एक्सरेले कुनै पनि सम्भावित दन्त तथा मुख स्वास्थ्य समस्या पहिल्याउन मद्दत गर्छ । यसले दाँतको वृद्धि विकास, दाँत र गिजाको अवस्था देखाउँछ । प्राय: बाङ्गोटिङ्गो दाँतको अवस्था, बङ्गारा कति उम्रिएको छ भन्न प्रयोग हुन्छ ।

खर्च : एक्सरेको खर्च दाँतको संख्याअनुसार बढ्छ । जस्तै, एउटा दाँतकोे एक्सरे अहिले आएर डिजिटल x ray गर्दा (RVG) मोतामोटी २०० सय रुपैयाँ लाग्छ । पूरा दाँतको एक्सरे (opg)गर्दा १२०० रुपैयाँ शुल्क लाग्छ । अहिले आएर हामिले सिटि स्क्यान (CBCT ) गर्ने पनि गरिन्छ त्यो स्थान र केस अनुसार फरक फरक हुन सक्छ ।

स्केलिङ र पोलिस

कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात् दन्त लेउ र अन्य फोहोरहरु सफा गर्नुलाई स्केलिङ भनिन्छ । दाँतमा फोहोर जम्मा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्याहरु आउँछन् । त्यसैले यो समस्या आउन नदिन ६/६ महिनामा अल्ट्रासोनिक मेसिनको मद्दतले २ पटक अनिवार्य दाँत सफा गर्न जरुरी छ । तर हामी त्यसो गर्न सकेका छैनौ ।

दाँत सफा गरेपछि अनिवार्य रुपमा पोलिसिङ जरुरी हुन्छ । यसले दाँतलाई सफा र नरम बानाउँछ ।

खर्च : दाँत स्केलिङ र पोलिस गरेको खर्च अस्पताल अनुसार फरकफरक हुन्छ । यसको खर्च १००० देखि सुरु हुन्छ यसलाइ अबस्था हेरेर गर्न सकिन्छ । यसको गिजा भित्र र बाहिर गर्नु पर्ने हुन्छ यो कहिलेकाहीँ फ्ल्याप सर्जरी पनि गर्नु पर्ने हुन्छ । त्यसको अल्लि महँगो हुन्छ किनकी यो कन्सल्ट्यान्ट बाटै गराउनु पर्ने हुन्छ ।

ब्रेसेस लगाउने

दाँतबाङ्गोटिङ्गो भएमा खाना चपाउनगाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । दाँत खप्टिएको छ भने दाँत राम्रोसँग सफा हुन पाउँदैन र अन्य दाँतका समस्या देखिन सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ । यसलाइ अर्थोडोन्टिक्स उपचार भनिन्छ । यो अल्लि लामो समय सम्म गरिन्छ ।

ब्रेसेस धेरै प्रकारका छन् । सबैभन्दा बढी मेटल ब्रेसेस प्रयोग हुने गरेको छ । यो उपचार अवधिभर ‘फिक्सड’ हुन्छ, निकाल्न मिल्दैन । हरेक महिना फलोअप गराएर कस्नुपर्ने हुन्छ ।

मेटल ब्रेसस मन नपर्नेहरुको विकल्पमा‘सेरामिक ब्रेसस’ छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो । तर विशेषता के छ भने यो सेरामिकले बनेको हुन्छ र हेर्दा देखिंदैन । कसैलाई गिजामा संक्रमण हुनसक्ने हुँदा फलोअप राम्रो हुनुपर्छ ।

त्यसैगरीअर्को उपाय भनेको ‘क्लियर अलाइनर्स’ । यो बक्समा सेटसहित आउँछ । यो ब्रेसेस लगाएपछि हरेक महिना फलोअपका आइराख्नु पर्दैन ।
अहिले आएर क्लिनर एलाइनर भन्ने पनि आको छ । यसमा तार बाध्नु पर्ने हुदैन । यो सजिलो हुन्छ । तर सबै केसमा यो प्रक्रिया नमिल्न पनि सक्छ । यसको लागि अर्थोडिन्टिक्स सङ सल्लाह गरेर गर्न सकिन्छ ।

खर्च : ब्रेसेस लगाएको खर्च ४० हजारदेखि एक लाख माथि लाग्न सक्छ। क्लियर अलाइनर को हकमा एक लाख पचास हजार देखि माथी पनि लाग्न सक्छ । त्यो ल्याबमा बनाउनु पर्ने र नेपाल बाहिर पठाएर बनाउने गरिन्छ । यसको ल्याब चार्ज नै धेरै हुनाले अल्लि महङो पनि भर्को हो। सामान्यतया दाँतको अवस्था, कस्तो खालको समान प्रयोग हुन्छ, त्यसअनुसार शुल्क निर्धारण हुन्छ मेटलको लगाएमा पचास हजार देखि ७०/८० हजार लाग्न सक्छ । तर के सजिलो छ भने यो पैसा एकै पटक दिनु नपर्ने भएकोले सामान्य आर्थिक अबस्थाको मानिसले पनि सजिलै यो उपचार अपनाउन सक्छन ।

दाँत निकाल्ने

सामान्यतया दाँत निकाल्ने अवस्था भनेको दुधे दाँत हल्लिदा, दाँत पूरै टुक्रिएर जराले छोडेको, बढ्दो उमेरसँगै दाँत झर्ने अवस्था, आ अरु कुनै कारणले पनि निकाल्नु पर्ने हुन्छ । खास गरेर बुद्दिबङरा अहिले सर्जरी गरेर नै निकालिन्छ भने ब्रेसेस लगाउँदा खाल्डो वा खाली ठाउँ मिलाउन केही दाँत निकाल्नुपर्ने हुन सक्छ ।

खर्च : सामान्यतया एउटा दाँत निकाल्न पाँछ सय रुपैयाँ देखि माथी लाग्न सक्छ । बुद्दिबङराको हकमा भने त्यो सर्जरी हुने भएकोले ७/८ हजार लाग्न सक्छ र कुनै कारणवश दाँतको अवस्था जटिल भएर निकाल्न परेमा मूल्य बढी पर्न सक्छ ।

गिजाको समस्या

जिन्जिभाइटिस

गिजामा समस्या देखिने प्रमुख कारण दन्त स्वास्थ्यमा ध्यान दिन नसक्नु हो । नियमित र राम्ररी ब्रस नगर्दा दाँतमा तहमा लेउ जम्मा हुन्छन् र गिजाको वरपर कडा भएर बस्छ । यी हानिकारक जिवाणुले गिजालाई संक्रमित गर्नसक्छ र जिन्जिभाइटिस भनिने समस्या निम्त्याउन सक्छ ।

यस्तोमा गिजा सुनिने र कहिलेकाहीं रगत बग्ने समस्या हुन्छ । ‘जिन्जिभाइटिस’ मात्र छ भने दाँतको हेरचाह र ‘स्केलिङ’गर्दा ठीक हुन्छ ।

पिरियडोन्टाइटिस

‘जिन्जिभाइटिस’लामो समयसम्म भइरहेमा किटाणु संक्रमणले गिजा र दाँतको जरा बीचमा पिरियडोन्टल पकेट (हानिकारक ब्याक्टेरियाको विकास र रोग निम्त्याउन उपयुक्त अवस्था) बनाउन सक्छ । उपचार नगरिएको खण्डमा ‘जिन्जिभाइटिस’को फैलावटले पिरियडोन्टाइटिस समस्या हुन सक्छ । अन्ततः गिजाको ‘सफ्ट टिस्यु’र त्यसको भित्री हड्डीमा क्षति पुर्‍याउँछ । जसले दुखाइ मात्र दिंदैन दाँत कमजोर भई हल्लिन्छ ।

खर्च : पिरियडोन्टाइटिस हुँदा पिरियडोन्टल शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्यक्रियाको लागत तीन हजारदेखि ६ हजार रुपैयाँसम्म लाग्छ । यो स्केलिङ गर्दा नै भनी सकेको छ।

दाँत सफा गरेपछि अनिवार्य रुपमा पोलिसिङ जरुरी हुन्छ । यसले दाँतलाई सफा र नरम बानाउँछ ।

एपिक्सेक्टोमी सर्जरि

आरसीटीबाट पनि उपचार सम्भव नभएको अवस्था वा समयमा नगरेमा जरामा संक्रमण बढ्छ । जसलाई पेरिएपिकल अ‍ब्सकेस भनिन्छ । यसमा जीवाणु दाँतको जराको भित्री भागमा पुग्छ र दाँतलाई टुक्राउने, गिजा सुनिन्ने, दुख्ने, दाँतले ठाउँ छोड्ने र कहिलेकाहीं ट्युमर पनि पलाउन सक्छ । यसमा आरसीटीपछि पनि एपिक्सेक्टोमी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खर्च : अगाडिको दाँत भए पाँछ हजार रुपैयाँदेखि सुरु हुन्छ । यो पनि खास गरेर कस्ले गरेको छ ? कस्तो ठाउमा गरेको छ भन्ने मै निर्भर पर्छ । प्राय: इन्डोडोन्टिक्स र ओरल सर्जरी मिलेर गरिने गरिन्छ ।

डेन्टल क्राउन

दाँत कमजोर, टुक्रिएको, थोरै ग्याप, झरेको अवस्थामा लगाइन्छ । डेन्टल क्राउन दुईखालका हुन्छन् । एउटा हेर्दा मेटल जस्तो देखिने र अर्को मेटल जस्तो नदेखिने ।

खर्च : डेन्टल क्राउनको लागत तीन हजारदेखि २५ हजारसम्म पर्छ।

दाँत इम्प्लान्ट

कुनै दाँत झरेको ठाउँमा अर्को दाँत प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपणपछि प्राकिृतिक जस्तै देखिने र काम पनि त्यस्तै गर्छ । अहिले बुटवलको हकमा सुरुवाती भएको छ । यो मुख स्वास्थ्यमा विकसित उपचार हो ।

खर्च : प्रत्यारोपण गर्न कम्तीमा ३५ हजार लाग्छ । तर इम्प्लान्ट कुन हाल्ने भन्ने मा निर्भर रहन्छ । मोटामोटी हामिले इम्प्लान्ट को ५० हजार देखि एक लाख सम्म सोच्न सक्छौ

कृत्रिम दाँत

दाँत सबै झरेको छ भने कृत्रिम दाँत राखिन्छ । यसलाई ‘कमप्लिट डेन्चर’ भनिन्छ ।

खर्च : ‘कमप्लिट डेन्चर’को मूल्य १२ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । एउटा दाँत राखेबापत औसत मूल्य एक हजार पर्छ ।

त्यस्तै पूरै नहालेर एउटा मात्र दाँत राख्नुपर्ने हुन्छ भने त्यसको एक हजार लाग्छ । दाँतअनुसारको पैसा लाग्छ जुन निकालेर सफा गर्न मिल्छ । तर ‘फिक्स्ड’खालको दाँत हाल्दा एउटाको अर्थात एक यिनिटको ४ हजार देखि सुरु हुन्छ ।

हामिले जति सुकै कुरा गरेपनी दाँतको उपचार आफैमा महङो देखिन्छ । हरेक उपचारको प्रकृति फरक फरक हुने हुनाले माथी भनिएका कुरामा केही तलमाथी पक्कै हुन्छ । खास गरेर मुख स्वास्थ्य अरु स्वास्थ्य उपचार भन्दा फरक हुने हुनाले आम जनतालाइ बुझाउन अलि कठिन हुन्छ । खास गरेर आधारभुत उपचार आम जनतामा सर्बसुलभ पउचमा हुनुपर्छ भन्ने मान्यताले हामिले आधारभुत उपचारलाई अत्यन्त न्यून शुल्कमा गर्ने गरेर विभिन्न कार्यक्रम पनि बनाएका छौ । जस्तो कि स्वस्थ मुख अभियान नेपाल र स्वस्थ मुख परिवार कार्यक्रम यो कार्यक्रममा जोडिएर आएको खन्डमा हामीले न्यून शुल्कमा उपचार प्रदान पनि गर्ने गरेका छौ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %