न्यू भिजन माविद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान

बुटवल । बुटवल १३ बेलबासमा अवस्थित न्यू भिजन मावि बुटवलका कक्षा १२ का विद्यार्थीहरूद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। नमस्ते पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य केशव श्रीसको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यता, रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्यवहादुर भट्टराई तथा संस्थाका प्रबन्ध निर्देशक मनोजकुमार वस्नेत बुटवल प्याब्सनका अध्यक्ष कुलानन्द पाण्डे, अभिभावक संघ जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, वार्ड नं १२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, इभोलुशन क्लब अफ बुटवल तामनगरका अध्यक्ष हिरा तरामु लगायतको विशिष्ट आतिथ्यता रहेकोे थियोे ।स्वागत कार्यक्रममा २०७९ र २०८० वैशाख र जेठ महिनामा राष्ट्रिय परीक्षाद्वारा लिइएको वार्षिक परीक्षामा उत्कृष्ट नतीजा ल्याउन सफल ८ जना विद्यार्थीहरू तथा आफ्नो विषयमा शतप्रतिशत उत्तीर्ण गराउन सफल भएका ९ जना शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूको विभिन्न संस्कृति र परम्परालाई उजागर गर्ने साङ्गीतिक माहौलले थप रोचकता दिएको थियो
लेखकको सम्वन्धमा