कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता, गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर

कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता, गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर
0 0
Read Time:3 Minute, 3 Second

बुटवल ।
उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो ।
अनुगमनका क्रममा अवका दिनमा म्याद नाघेका सामान विक्री नगर्न अनुरोध गरिएको र पेशा ब्यवसाय एक साताभित्रै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको पालिकाले जनाएको छ । त्यसैगरि अर्कोपटकको अनुगमनमा पनि सुधार गरेर पसल ब्यवसाय सञ्चालन नगरेमा कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ ।
कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्षको दुई महिनामा ४० लाख बढी राजस्व संकलन गर्न सफल भएको छ । राजस्व संकलनको अनुपात यो बर्ष गत बर्षको भन्दा दोब्बरले धेरै हो ।
यसैगरी कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका विभिन्न वडामा बजार अनुगमन गर्दा म्याद नाघेका खाद्यान्न सामाग्री र चिसो पेय पदार्थहरु बरामद भएको बताउँदै त्यस्ता सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा हानी गर्ने भएकोले त्यस्ता उपभोग्य सामाग्री विक्री नगर्न व्यवसायीसंग अनुरोध गर्नुभयो ।
त्यसैगरी कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले उपभोक्ताको अधिकार संरक्षण गर्न बजार अनुगमन गरिएको बताउँदै बजार अनुगमनका क्रममा ब्यवसाय दर्ता नगरेको र म्याद नाघेका सामानको विक्री वितरण गरेको पाइएकोले आगामी दिनमा त्यस्ता सामानको बिक्री बितरण नगर्न व्यवसायीसंग आग्रह गर्नुभयो ।
त्यसैगरी कञ्चन गाउँपालिका १ का वडा अध्यक्ष हरिनारायण थारुले बजार अनुगमनका क्रममा धेरै ब्यवसायीले दर्ता गरेरै पसल ब्यवसाय संचालन गरेको पाइएको बताउँदै केही ब्यवसायीले भने दर्ता नगरीकन संचालन गरेकोले सवैलाई सम्झाई बुझाई गरेर दर्ता गर्न अनुरोध गरेको बताउनु भयो ।
कञ्चन गाउँपालिकाले यसअघि आयोजना गरेको घुम्ति शिविरबाट एक हजार चारसय बढी सेवाग्राहीले सेवा लिएका थिए । त्यसमध्ये एक हजार बढी जेष्ठ नागरिकले जेष्ठ नागरिक परिचय पत्र पाउनुका साथै तीनसय बढी व्यवसायीले वडाबाटै नबिकरण तथा नयाँ दर्ताको सेवा लिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %