५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने
0 0
Read Time:2 Minute, 20 Second

बुटवल । इस्कोन बुटवलले यस वर्ष पनि ५२ सय ५२औं श्रीकृष्ण जन्मजयन्ती धार्मिक उल्लासका साथ भव्य रूपमा मनाउने भएको छ। बौदिक सनातन धर्मको गौरवलाई उजागर गर्ने गरी आयोजना गर्न लागिएको यो पर्वमा स्थानीय तथा बाहिरी भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै सेवक केसी दमन दास (कृष्ण प्रसाद खराल) ले भने, “हाम्रो धर्मको प्रचार–प्रसार हामीले गर्नुपर्नेमा विदेशीहरूले पनि यहाँ आएर प्रचार गरिरहेको देख्दा खुशी लाग्छ, तर कतै हामी स्वयं धर्म बिर्सँदै त गएका छैनौं भन्ने अनुभूति पनि हुन्छ।”

आयोजक समितिका अनुसार जन्माष्टमीको विशेष कार्यक्रम बिहान ४:३० बजे मङ्गल आरतीबाट सुरु हुनेछ भने मध्यरात १२ बजे महाप्रसाद वितरणसँग सम्पन्न हुनेछ। तालिका अनुसार बिहान ५:३० देखि ६:३० सम्म मन्त्र ध्यान (जप), बिहान ७:३० देखि ८:०० सम्म दर्शन आरती तथा गुरु पूजा, र ८:३० देखि ११:०० सम्म श्रीमद्भागवत कथा हुनेछ।

मध्यान्ह १२:०० देखि दिउँसो २:०० सम्म हरि कीर्तन, दिउँसो ३:०० देखि ५:०० सम्म सांस्कृतिक कार्यक्रम, ५:०० देखि राति ८:०० सम्म अभिषेक तथा कीर्तन, राति ८:०० देखि ८:३० सम्म नाटक प्रस्तुति, र ८:३० देखि ९:३० सम्म श्रीकृष्णकथामृत प्रवचन हुने कार्यक्रम छ।

राति ९:३० देखि ११:०० सम्म श्रीश्रीराधा–श्यामसुन्दर महाभिषेक हुने र मध्यरात १२ बजे महाप्रसाद वितरण गरिनेछ। आयोजकले भक्तजनलाई समयमा उपस्थित भई सम्पूर्ण धार्मिक अनुष्ठानमा सहभागी हुन अनुरोध गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %