मृगौला तथा मुटु पिडीत सरोकार समाजद्धारा राहत वितरण
- लुम्बिनी प्रेस संवाददाता
- भदौ १२, २०७९
- 289 Shares
-
बुटवल । मृगौला तथा मुटु पिडीत सरोकार समाजको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा संकलित भएको राहत वितरण गरिएको छ ।
आईतबार संस्थाले एक कार्यक्रमको आयोजना गरी मृगौला पिडीत तथा मुटु पिडीतहरु १ सय जनालाई राहत प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष रमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपला समाजका अध्यक्ष चिरन्जीवी नेपाल को को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
रेखा श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम संयोजक सदस्यमा कृष्ण मल्ल रहेका थिए । संस्थाका कोेषाध्यक्ष चुरामणी बन्जाडेका अनुसार करिव २ लाख ५० हजार रुपैयाँ बराबरको राहत संकलन गरी वितरण गरिएको हो ।
साथै सोही कार्यक्रममा मृगौला तथा मुटु पिडीत सरोकार समाज का अध्यक्ष रमेश केसीका धर्मपन्ती स्वर्गीय रिमादेवी केसीको बार्षिक पुन्यतिथीका अवसरमा मृगौला पिडीत तथा मुटु पिडीत भएका २ सय व्याक्तिहरुलाई निःशुल्क भोजन गराएका थिए ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा