‘साहनुभूती होईन अबसर को खाँचो छ’

‘साहनुभूती होईन अबसर को खाँचो छ’
0 0
Read Time:3 Minute, 3 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अपाङ्गता भएका व्याक्तिहरुको लागि साहानुभूतिभन्दा पनि उचित अवसरकार खाचो भएको बताएका छन् ।

नेपाल अपाङ्ग महिला संघको आयोजना अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन सम्बन्धी ५ दिने तालिमको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख पाण्डेयले अपाङ्गता भएका व्याक्तिहरुको एउटा कुनै कुरामा बाध्यताकोकारण पछि परेपनि अन्य सबै कुराबाट सक्षम भएको भन्दै अन्य कुराबाट नै समाजपरिर्वतनको अभियानमा सामेल हुने यथेष्ठ प्रमाणहरु पेश भैरहेको बताए ।

उनले स्थानीय तहले उप प्रमुखको नेतृत्वमा अपाङ्गता भएका व्याक्तिहरुको लागि व्यवस्थापन, परिचय पत्र वितरण लगायतको कार्यक्रम जारी राखेको भन्दै स्थानीयतले अपाङ्गता भएका व्याक्तिहरुको लागि अन्य व्याक्तिहरु भन्दा विशेष सेवा प्रदानमा प्रथमिकिकरण गर्दै आएको बताए ।

उनले अपाङ्गता भएका व्याक्तिहरुलाई प्रयोग गर्ने शब्द चयनमा सम्मानर्थ शब्द प्रयोग गरी उनीहरुको समाजमा योगदान प्रदान गर्ने गरी सामाजिक रुपान्तरणको अभियान चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

५ दिन सम्म चलेको तालिममा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, दाङ र अर्घाखाँची जिल्लाबाट प्रहरी कार्यालयमा कार्यरत महिला सेल प्रमुख, जनप्रतिनिधि, अपाङ्गता भएका व्याक्ति र सरोकारवालाहरुको सहभागीता रहेको छ ।

तालिमको सहजीकरण कञ्चन रावतले गरेकी थिईन । ग्रीन तारा नेपाल र युनाईटेड नेशन ट्रष्ट फण्डको सहयोगमा सञ्चालित तालिममा आघातको परिभाषा, चरण, आरमदायी मांसपेशी अभ्यास, श्रवासप्रश्व निर्देशित कल्पनाहरु, मनोवैज्ञानिक लक्षण, सञ्चार लगायतका विषयमा तालिम प्रदान गरिने अपाङ्गता महिला संघका केन्द्रीय अनुगमन प्रमुख दुर्गा कार्कीले जानकारी दिईन ।

तालिम समापन कार्यक्रममा अपाङ्गता महिला संघ रुपन्देही का अध्यक्ष तथा केन्द्रीय सदस्य कल्पना ढकाल, अभियान्ता मिनाक्षि न्यौपाने, दुर्गा कार्की, सहजकर्ता कञ्चन रावत लगायतले आ आफ्नो भनाई राखेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %