बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार
- लुम्बिनी प्रेस संवाददाता
- भदौ ४, २०८१
- 47 Shares
-

बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको ज्यान गएको हो।
दुर्घटनामा ज्यान जानेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ बर्षिय शुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गिया बाट लु ८७ प ४५७३ नम्वरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्मर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन्।
तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
“रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भए जस्तो देखिन्छन् बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको छ”, प्रहरी निरिक्षक बानियांले भने।
“हामी आसपासका सिसीटिभी फुटेज हेरेर मोटरसाईकल चालक खोजी गर्दैछौं”, उनले थपे।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा