केही बेरको वर्षाले अमरपथ जलमग्न
- लुम्बिनी प्रेस संवाददाता
- साउन २९, २०८१
- 93 Shares
-

वुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन् ।पानीको नियमित निकासको बाटो थुनिएपछि नालाको पानी बजारमा पसेको स्थानीयबासीले बताएका छन् ।
उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ । टेलिकमदेखि अमरपथका मुख्य बजारका अधिकांश पसलहरुमा पानी पसेको छ ।
बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति बारे तथ्याङ्क संकलनको काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो ।
स्थानीयले नालीमा चेकजाँच तथा सफाई गरेपछि भने डुबानको सतह घटेको छ ।लेदोसहितको बाढी बजारमा पस्दा आवागमन समेत प्रभावित बनेको छ । उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ ।
बैशाख ३० गते परेको वर्षाले सो क्षेत्रमा लेदो सहितको भेल पस्दा व्यवसायीको मालसमानमा नोक्सान पुर्याएको थियो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा