रुपन्देही डान्स स्टार सिजन-३ को अडिसन राउन्ड शुरु, पहिलो राउण्डबाटै ८० जना छनोट
बुटवल।छमछमी कला केन्द्र बुटवल ८ को आयोजनामा सुरु भएको रुपन्देही डान्स स्टार सिजन-३ को पहिलो राउण्डको अडिसन सकिएको छ । लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्राडा तारा प्रसाद उपाध्यायको प्रमुख आथित्यमा सुरु भएको अडिसनमा ३ सय जनाको सहभागिता रहेको थियो ।
यस भन्दा अगाडी सिज एक र सिजन दुई सफलतापूर्वक सम्पन्न भएपछी कोरोना महामारीको कारणले रोकिएको सिजन ३ को अडिसन आज सुरु भएको हो ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको सभाहलमा भएको पहिलो राउण्डको अडिसनमा ३०० जना सहभागी मध्ये ८० जना दोश्रो राउण्डमा प्रवेश गरेको छमछमी कला केन्द्रको अध्यक्ष किशोर थापाले बताए । अघिल्लो राउण्डमा प्रवेश गरेका ८० जनाले भदौ ११ गते शनिवार आफ्नो प्रस्तुति दिने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा चलचित्र निर्माता कुमार थापाले डान्स प्रतियोगितामा उत्साहजनक उपस्थिति देख्दा आफु निकै खुशी भएको बताए । कला,संस्कृतिको जगेर्ना गर्दै लुकेर रहेका प्रतिभाको पहिचान संगै उजागर हुने उनले बताए ।
त्यस्तै राष्ट्रिय जनपक्षीय चलचित्र संघ लुम्बिनी प्रदेश अध्यक्ष तिलक नेपालीले आफु लगायत केहि साथीहरु मिलेर डान्स प्रतियोगितालाइ बुटवलमा भित्राएको स्मरण गर्दै यी यस्ता प्रतियोगिताहरुबाट नै नेपालले गर्व गर्न लायक कलाकार उत्पादन गर्न सक्ने बताए।
महेस खनाल संयोजक रहेको रुपन्देही डान्स स्टार सिजन ३ मा एकल, जोडी र सामूहिक गरी ३ विद्यामा हुने प्रतियोगिता विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने छ।

लेखकको सम्वन्धमा