पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन

पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन
0 0
Read Time:1 Minute, 53 Second

बुटवल । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् ।

एसईई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसईईसमेत उत्तीणर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउनेगरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् ।

शुक्रबार नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले पनि बुटवलमा विरोध र्‍याली निकालेको छ । अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलनचोक हुँदै चौराहामा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै समितिका सचिव डा. युवराज पन्थले विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिनेगरी विधेयक अगाडि बढाएकाले विरोध गर्नुपरेको बताए ।

विधेयक प्रमाणीकरण भएमा पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, पोस्टमार्टमलगायत सबै अधिकार प्राप्त गर्न भेटेरिनरी चिकित्सकको योग्यता आवश्यक नपर्ने पन्थले बताए ।

“पशु स्वास्थ्य प्राविधिकलाई चिकित्सकसरहको अधिकार दिने नेपाल संसारकै पहिलो मुलुक हुनेछ,” उनले भने ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट गएको मंगलबार पारित भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %