बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला
बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसिका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
भुजेल धादिङ्गको कुमपुर–५ का रहेको र युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ ।

लेखकको सम्वन्धमा