बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला
- लुम्बिनी प्रेस संवाददाता
- साउन ३१, २०७९
- 280 Shares
-
बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसिका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
भुजेल धादिङ्गको कुमपुर–५ का रहेको र युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा