रुपन्देही डान्स स्टार सिजन ३ भदौ ४ देखि हुने
बुटवल।बुटवल ८ रुपन्देहीमा रहेको छमछमी डान्स केन्द्रको आयोजननामा रुपन्देही डान्स स्टार सिजन ३ (२०७९) हुने भएको छ।
कोरोना महामारीको कारणले रोकिएको कार्यक्रमको तेस्रो सिजन भदौ ४ गतेदेखि शुरु हुने केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै जनाएको हो।
छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले भदौ ४ गतेबाट अडिसन शुरुहुने बताउँदै असोज १ गते फाइनल हुने जानकारी दिए। एकल, जोडी र सामूहिक गरी ३ विद्यामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने बताए।
उमेर समूह नतोकिएको यस कार्यक्रममा बिद्यार्थीहरुलाई सहभागी गराइने बताए। उनले लोपोन्मुख सस्कृती जगेर्ना गर्ने लक्ष्य लिइएको उनले बताए।
करिब ३ सय जनालाई अडिसनमा सहभागी बनाउने योजना रहेको कार्यक्रम संयोजक महेश खनालले बताए।उनले प्रतियोगिता सञ्चालन गर्नको लागि ६ लाख ४६ हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी उपाध्यक्ष नारायण थापाले यस्ता प्रतियोगिताले दक्ष कलाकार उत्पादनको लागि काम गरिरहेको बताए।
कार्यक्रममा बोल्दै नृत्यकर्मी संघ रुपन्देहीका पूर्व अध्यक्ष अनु रजकले नृत्यको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बताउँदै यस्ता कार्यक्रम हुनु आवश्यक रहेको बताए।

लेखकको सम्वन्धमा