मानविय कार्य गर्नेलाई सहयोग गर्नुपर्छ : नगरप्रमुख पाण्डेय

मानविय कार्य गर्नेलाई सहयोग गर्नुपर्छ : नगरप्रमुख पाण्डेय
0 0
Read Time:1 Minute, 59 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानविय कार्य गर्नेलाइ सहयाेग गर्न आग्रह गरेका छन् । पछिल्लाे समय समाज परिवर्तन भइरहेकाेले समाज सेवा गर्नेहरुकाे संख्या बढाउनकाे लागि मानविय कार्य गर्नेलाइ सहयाेग गर्नुपर्नेमा नगरप्रमुख पाण्डेकाे जाेड छ ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदान प्रति कतिपय समुदायमा अझै जनचेतना नपुगेको औंल्याए । उनले संस्थाले गरेका मानविय संवेदनशिल कार्यको प्रसंसा गर्दै हरेक क्षेत्रवाट यस्ता संस्थाहरुलाई सहयोग गर्नु पर्ने धारणा राखे ।

चन्दादाताहरुको आर्थिक र जिन्सी सहयोगमा करिब २० लाख रुपैयां लागतमा बनेकोे भवनमा रक्तदानका लागि आवश्यक सामानहरुको व्यववस्था पनि भएको छ । अब हरेक महिनाको तेस्रो शनिबार नियमितरुपमा र रगत आवश्यक परेमा जुनसुकै समयमा पनि आकस्मिक रुपमा रक्तदान गर्न सहज हुने भएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, संस्थाका अध्यक्ष दया सिलवाल लगायतले बोल्दै रक्तदान जस्तो मानवीय सेवाको कामगर्ने संस्था भएकाले सबैको सहयोग मिल्ने धारणा राखेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %