बुटवलको न्यायिक समितिले टुंग्यायो ६ विवाद

बुटवलको न्यायिक समितिले टुंग्यायो ६ विवाद
0 0
Read Time:2 Minute, 11 Second

बुटवल । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताइन ।
न्यायिक समिति संयोजक अर्यालका अनुसार ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट २ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।
चालु आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भएका छन् भने एउटा मुद्दाको फैसला भएको र ४ वटा मुद्दा चालु अवस्थामा रहेको संयोजक अर्यालले जानकारी दिइन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराएको न्यायिक समिति संयोजक अर्यालले जानकारी दिएन्।
संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निणर्य गर्न सक्ने व्यवस्था छश्र

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %