अक्सफोर्डमा कक्षा ११ का बिद्यार्थीलाई भब्य स्वागत
बुटवल । काठमाडौ पछिको अग्रणी शैक्षिक प्रतिष्ठान अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ मा बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रम गरिएको छ ।तिलोत्तमा नगरपालिका मणिग्रामस्थित ड्रिम ल्याण्ड रिसोर्टमा भव्य कार्यक्रम आयोजना गरि बिद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरिएको थियो। कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो।
संस्थाका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको पहिलो सत्रका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दिपेन्द्र ढकालले बोल्दै अन्तराष्ट्रिय स्कुल अवार्डबाट सम्मानित अक्सफोर्ड विद्यालयले युगानुकुल शिक्षा प्रदान गरेमा खुशी व्यक्त गरे।साथै विद्यालयवाट उत्पादित दक्ष जनशक्ति विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए ।
राष्ट्रिय परीक्षा वोर्ड शाखा अधिकृत वावुराम भण्डारी, पक्लिहवा कृषि क्याम्पसका सह– प्राध्यापक डा.मुक्ति पौडेल,अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यार्थी अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली लगायतले बोल्दै शैक्षिक क्षेत्रमा अक्सफोर्ड अब्बल रहेको बताए।
विद्यालयका प्राचार्य दिनेश भुसालले बिद्यालय राष्ट्रिय स्तरमै उत्कृष्ट रहेको कुरा प्राप्त नतिजाहरूले प्रमाणित गरेको बताए । उनले यो नतिजालाए निरन्तररूपमा प्राप्त गरिराख्न प्रतिबद्ध रहेको भन्दै सबैको हातेमालो जरूरी रहेको बताए।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन भुसालले विद्यार्थिको अपेक्षा अनुसार शिक्षा दिन अक्सफोर्ड सक्षम रहेको र विद्यार्थीको आशा भरोसा विश्वास सदैव कायम राख्ने विश्वास दिलाएका थिए ।
सो अवसरमा विहानी संकाय प्रमुख विरबहादुर क्षेत्रीले विद्यालयका निति, नियम, र अनुशासनका विविध पक्षको बारेमा बताएका थिए । विद्यार्थिहरुको तर्फबाट अमृत छात्र अमृत पाण्डे र कक्षा ११ का विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै छात्र रोजन पाण्डे लगायतले बोलेका थिए । अवसरमा अक्सफोर्ड माबिमा कक्षा ११ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्राहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरि उत्कृष्ट भिडियो प्रदर्शनीका विजेताहरुलाइ पनि नगद पुरस्कारवाट सम्मान गरिएको थियो । सो कार्यक्रमको सहजीकरण शिक्षक नारायण सापकोटा, प्रदिप ज्ञवाली र भुविन्द्र मरासिनीले गरेका थिए ।
कार्यक्रमको दोश्रो सत्र भने विविध सास्कृतिक कार्यक्रम गरि सम्पन्न गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार नेपाल आइडल फाइनिष्ट पार्श्व गायक प्रतापदास र स्टाइण्डिङ कमेडियन सिता न्यौपानेको बेजोड प्रस्तुती रहेको थियो भने तेक्वान्दो खेलको डेमो प्रदर्शन समेत गरिएको थियो ।
कक्षा ११ मा बिज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन हुने बिधालयमा बिहानी र दिवा कक्षाहरु सञ्चालन भईरहेका छन।

लेखकको सम्वन्धमा