भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने,३८ लाख बढी कित्ता बिक्रि गरिने
- लुम्बिनी प्रेस संवाददाता
- भदौ १०, २०८०
- 127 Shares
-

बुटवल । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निष्कासनको स्वीकृति पाएको हो।
यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको अध्यक्ष जगतबहादुर पाेखरेलले लुम्बिनी प्रेसलाई जानकारी दिए ।
बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले अबको केही समयमै ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्वास छ।
आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।
प्रतिकृया दिनुहोस्
- बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
असार २६, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा