बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

अनिल नेपाली/अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज खेम घर्ती माहुरीले एमसिसी नेपाली जनताले नभई विदेशीको इसारामा चल्ने शक्तिकेन्द्रका अमेरिकी भक्तहरूले पास गरे पनि कार्यान्वयन नहुने बताउँदै एमसीसीको विरुद्धमा आम जनता सडकमा आउनु पर्नेमा जोड दिँदै देश रहे मात्रै यहाँका पार्टी रहने बताए।
उनले देशका ठुला पार्टीहरू विदेशीको इसारामा चलेको भन्दै कुनै पनि हालतमा एमसिसी कार्यान्वयन नहुने बताए ।
नेता माहुरीले नेपाली जनता स्वाधीनताको पक्षमा राष्ट्रियताको पक्षमा राम्रोसँग कदम चालेर विदेशी शक्तिकेन्द्र बाट नेपाललाई स्वाधीन राष्ट्रको अनुभूति दिलाउन सक्ने बताए ।
अर्घाखाँचीको सन्धिखर्कमा नेकपाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रममा प्रहरीले उल्लेखनीय मात्रामा हस्तक्षेप गरी नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार प्रयास समेत गरेको थिय।
कार्यकर्ताले भने जनताको एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन ठुलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभूति दिलाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
लेखकको सम्वन्धमा