कृषि ज्ञान केन्द्र अर्घाखाँचीले निःशुल्क माटो परीक्षण गर्दै, किसानहरु उत्साहित

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले निःशुल्क माटो परीक्षण गर्दै, किसानहरु उत्साहित
0 0
Read Time:2 Minute, 32 Second

अनिल नेपाली / अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आज देखि माटो परीक्षण गर्ने मिनि ल्याबको उद्घाटन गदै जिल्लाबासी लाई माटोको परीक्षणको सुविधा दिन सुरू गरेको छ । उद्घाटन नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालले एक कार्यक्रमका बीचमा गनुभएको थियो । कार्यक्रम उद्घाटन गदै अध्यक्ष खनालले किसाललाई राहत हुने गरी कार्यालयले सञ्चालन गर्न लागेको माटो परीक्षण अभियानले बास्तविक किसालाई फाईदा हुने बताउदै कृषि पेशालाई मर्यादित बनाउन गुणस्तरीय बनाउन जिम्मेबार बनाउनको लागि माटो परीक्षण आबश्यक रहेको बताए । किसानलाई सहज होस भनेर कार्यालयले माटो परीक्षण सुरु गरेको हो । कार्यालयले माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण गर्न सक्ने भएका छन् । कार्यालयले निःशुल्क रूपमा माटो परीक्षण गर्ने कार्यालय प्रमुख बुद्धि घिमिरेले बताए । मिनी ल्याबको प्रयोगबाट माटोको पिएच लेभल (अम्लियपन), माटोमा मलको मात्रा, नाइट्रोजन, फस्फोरस, पोटास ) परीक्षण गर्न सकिने माटो विज्ञ ईन्द्र ब ओलीले बताउनुभएको छ । परीक्षणपछि किसानलाई माटो अनुसारको बाली लगाउन समेत सिफारिस गरिने प्राविधिकले बताएका छन् । घिमिरे कार्यालय प्रमुख भएर अर्घाखाँची जिल्लामा आएपछि किसानलाई राहत हुने गरी नयाँ नयाँ कामको सुरुवात समेत गर्न थाल्नुभएको छ । कार्यक्रमको कृषि अधिकृत टिकाराम न्यौपाने सञ्चालन गर्नुभएको थियो कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरणका प्रमुख रामनाथ पाण्डे लगायतका बक्ताले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी र प्राविधिकको सहभागिता रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %