बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम
0 0
Read Time:2 Minute, 15 Second

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तालिममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले कतिपय व्यवसायीले लेखालाई व्यवस्थित रुपमा राख्न नजान्दा धेरै समस्या झेल्नु परेकोले त्यसको समाधानको लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आवश्यकताको आधारमा यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिरहने जानकारी गराउनु भयो ।

तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत नरेश पन्थी, संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए महेश घिमिरे र सिए प्रताप कर्माचार्यले यसका प्रावधानका विषयमा जानकारी गराउँदै आवश्यक परेको समयमा तालिम तथा परामर्शको लागि आफूहरु तयार रहेको जानकारी गराउनु भयो ।

त्यस अवसरमा डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारी सहित बस्तुगत समितिका सदस्यहरुले व्यवसायमा आईपर्ने समस्या र त्यसलाई कसरी सुधार गर्न सकिन्छ लगाएतका जिज्ञासाहरु राख्नुभएको थियो । ती जिज्ञाशाको समेत प्रशिक्षकहरुले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %