ब्लडक्यान्सर पिडितलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

बुटवल । ब्लड क्यान्सर बिरामीलाई रूपन्देही सामाजिक सञ्जाल,अष्ष्ट्रेलियाको सहयोग र मिलिजुली परिवारको पहलमा जटिल संकलन गरिएको रकम परिवारलाइ हस्तान्तरण गरिएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर-२ झन्डिबजार निवासी ब्लडक्यान्सर उपचारार्थ मकध्वज राई (मुनिलभाई)को परिवारलाइ उपचारको लागि संकलित एक लाख बत्तिस हजार एक सय परिवारलाई हस्तान्तरण गरिएको हो।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका उपाध्यक्ष दिवाकर काफले ले संस्थाले ति क्यान्सर पिडित युवा लाई थोरै भए सहयोग पुगोस भनि सहयोगि हात अगाडि बढाएको बताएका थिए।
हाल अष्ट्रेलियामा बस्दै आएका रुपन्देही सामाजिक संञ्जाल अष्ट्रेलियाकाका अध्यक्ष मुक्तिराम पोखरेलको सहयोगमा संकलन तथा सामाजिक सेवामा क्रियाशिल मिलीजुली परिवारको सहकार्यमा रकम शंकलन भएको हो।
राईको परिवारलाइ सि.न.पा. वडा नम्बर-२ का अध्यक्ष छेदिलाल श्रीवास्तव, विभिन्न क्लबका प्रतिनिधि सहितको उपस्थितिमा मिलिजुली परिवारकि संरक्षक रारा सैजुले रकम हस्तान्तरण गरेकी हुन।
२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सहयोग रकम हस्तान्तरण गरिएको हो।मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो।
लेखकको सम्वन्धमा